सातदिन भित्रमा मतपरिणमा सार्वजनिक गर्न आयोगको निर्देशन

असार १४, काठमाडौँ । निर्वाचन आयोगले सात दिन भित्रमा मतपरिणाम सार्वजनिक गरिसक्न निर्देशन दिएको छ । थोरै मतदाता भएका स्थानियतहमा तीन दिनभित्र र धेरै मतदाता भएका स्थानीय तहहरुमा सात दिनभित्र मत परिणाम घोषणा गरिसक्न भनेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले धेरै समूहहरु बनाउन र गणनाका लागि तालिम दिएर राख्न भनिएको बताउनुभयो । अधिकांश स्थानीय तहको मत परिणाम तीन दिनभित्रै आइसक्ने उहाँको भनाई छ । मतदान सकिएपछि स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइनेछ र मतदान अधिकृतले राजनीतिक सहमतिमा गणना सुरु गर्न सक्नेछन् ।
तयस्तै आयोगले मतगणनाका क्रममा भरतपुर प्रकरण दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पार्न भनेको छ ।