रेटेर वृद्धको हत्या

 

असार १३ ,दर्वेशा – ‘बोक्सा’ आरोपमा पटक-पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति विभत्स हत्या भएको छ। रंगेली नगरपालिका ९ स्थित स्थानीय बजार गएर फर्कदै गरेका ६३ वर्षीय पहाडचन राजबंशीको घाँटी रेटेर हत्या भएको छ। यो खबर माधव घिमिरे र विनोद भण्डारीले आजको कान्तिपुरमा लेखेका छन्।

बिच सडकमै रगताम्य अवस्थामा राजबंशीको शव फेला परेको थियो। हत्या कसले गरेको भन्ने खुलेको छैन। घटनास्थलबाट कुनै हतियार र शंकास्पद बस्तु फेला परेको छैन। प्रहरीले हत्यामा संलग्न कसैलाई पनि सोमबारसम्म पक्राउ गरेको छैन। केही गाउँलेले पहिले बोक्सा आरोप लगाएर प्रहरी कारबाहीमा परेका समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन्।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जिबबाबु खड्काका अनुसार बजारबाट फर्कने क्रममा घरभन्दा करिब २ सय मिटर पश्चिम सडकमा उनको शव फेला परेको थियो।