सामाजिक सञ्जालमा बर्दी र हतियारको तस्बिर सार्वजनिक गर्न नपाइने

जेष्ठ २५, काठमाडौं –सञ्चार माध्यम तथा समाजिक सञ्जालमा केहि नसोची प्रतिक्रिया जनाउने गर्नु भएको छ भने अव होसियारी हुने वेला आएको छ । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको छ ।
प्रहरी अहिलेसम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै आधारमा काम गरेकोमा अव छिट्टै नेपाल प्रहरीले  ‘सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’े जारी गर्ने भएको छ । निर्देशिका जारी भएपछि प्रहरीले व्यक्तिगत सामाजिक सञ्जाल चलाउदा पनि ख्याल गर्नुपर्ने भएको छ ।
निर्देशिकाले प्रहरीलाई सामाजिक सञ्जालहरूमा बर्दीसहितको, डयुटीमा खटिदाको, हातहतियार देखिने फोटो प्रयोग गर्न रोकेको छ । निर्देशिकाअनुसार सबै तहका प्रहरीले अदालतमा विचाराधीन मुद्दा, सामाजिक सद्भाव बिग्रने सामग्री र राजनीतिक झुकाव देखिने सामग्री लेख्न वा त्यस्ता सामग्रीमा लाइक, कमेन्ट गर्न नपाइने उल्लेख छ ।
आगामी महिनाबाट लागू हुने भनिएको यो निर्देशिकाले देशैभरिका प्रहरी कार्यालयबाट सञ्चालित संस्थागत सामाजिक सञ्जालको प्रयोगमा पनि एकरूपता ल्याउनेछ । त्यस्तै, कार्यस्थलमा खटिएका बेला मोबाइल फोन कतिबेला प्रयोग गर्ने भन्ने निर्देशिकामा तोकिएको छ । यात्राका क्रममा ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस अन गर्न नपाइने पनि निर्देशिकामा उल्लेख छ । जीपीएस अन राख्दा व्यक्ति कहँबाट काँ गइरहेको भन्ने सहजै थाहा हुन्छ । मन्त्री र प्रधानमन्त्रीका पीएसओ बनेकाहरूले पनि जीपीएस लोकेसन अन गरेर यात्रा गर्दा त्यसले सुरक्षा खतरा निम्त्याएको भन्दै यस्तो नियम ल्याइएको हो ।