देउवा निवासमा ‘मेला’, बधाई थाप्न भ्याईनभ्याई

 

जेठ २४, काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई थाप्न भ्याइनभ्याइ छ । उनले सपथ ग्रहणदेखि मन्त्री छनोटको तयारीसम्म गर्न भ्याएका छैनन् ।
देउवालाई बधाई दिन उनको निवास बुढानीलकण्ठ पुग्नेहरुको संख्या यति धेरै छ कि यो कुनै मेलाभन्दा कम छैन ।

देउवा निवास पुगेका विभिन्न देशका राजदूत तथा पार्टीका शीर्ष नेताहरुलाई घरभित्रै लैजाने गरिएको छ । सांसद, नेता, कार्यकर्तालाई भने बाहिर नै राखिएको छ ।

देउवा बेला-बेला बाहिर आएर शुभकामना दिन आएकाहरुलाई भेट्ने गरेका छन् । हातमा पुष्पगुच्छा तथा खादा बोकेर पुगेकाहरुसँग उनले दोहोरो सम्वाद पनि गर्न भ्याएका छैनन् ।