उपनिर्वाचनमा कैलाली, बर्दिया र चितवनमा यस अघिकै नतिजा कायमै, काठमाडौमा काँग्रेस अगाडी

९ असार ।

संविधानसभा उप निर्वाचनमा नेपाली काँग्रस २ स्थान र नेकपा एमाले १ स्थानमा बिजयी भएका छन् । को  अघिल्लो संविधा बनसभाको नतीजालाई दलहरुले कायम राखेका छन्  ।  कैलाली क्षेत्रनम्ब्र ६ का कांग्रेस ,  बद्र्रीया १ मा एमाले र चितवन क्षेत्र नम्बर ४ मा कांग्रेसले विजयी हासील गरेको छ ।

जस अन्र्तगत  कैलाली क्षेत्र नम्बर ६ मा भएको उप निर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका छन् । ओझाले १४ हजार ७ सय ८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत पाए ।
त्यस्तै  बर्दिया १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी भएका छन् । उनले १६ हजार ६ सय ९६ मत पाए । ढकालका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत पाए ।

उता चितवनमा पनि यसअघिकै नतिजा दोहेरीएको छ । प्रधानमन्त्रि शुशिल काइरालालै छाडेको क्षेत्रमा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले २० हजार तीनसय १८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पावर्त रावलले १७ हजार २ सय ७२ मन पाइन् ।

यता सबैको चासो रहेका क्षेत्र काठमाडौँ २ को नतीजा भने आउन काँकी छ । काठमाडौ क्षेत्र नम्बर २ मा भने उलटफेर हुने संकेत देखिएको छ। काठमाडौमा नेपाली कांग्रेसका दिपक कुङकेल नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ भन्दा  करिब ५ हजार मतको अन्तरले अगाडि रहेको बताइएको छ।
यस निर्वाचनमा माओवादीको कुनै क्षेत्रमा पनि पैतिस्पर्धा देखिएन । राप्रपा नेपालले भने केही स्थानमा राम्रो नतिजा देखिएको थियो ।