काठमाडौं महानगरको वडा १ मा एमालको विजयी सुरुवात

जेठ ३, काठमाडौं–काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमालेले विजयी सुरुवात गरेको छ ।

काठमाडौं वडा नम्बर १ बाट एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत प्राप्त गरेर विजयी भएका छन । उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका छन ।

महिला सदस्यमा एमालेकै अष्टमाया तण्डुकारले जितेकी छन । यसै गरि खुला सदस्य पनि एमालेकै अष्टकुमार श्रेष्ठ विजयी भए । दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी मीना सुनार बिजयी भएकी छन ।