मेलम्चीको मतदान केन्द्रमा दुइ घण्टा तनाव

वैशाख ३१, काठमाडौं–सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा नं. ११ को मतदान केन्द्रमा एमाले र माओवादी कार्यकर्ता विच झडप भएको छ । एमालेका उम्मेदवार रहेका रुद्र दुलाललाई माओवादी पक्षका कार्यकर्ताले हातपात गरेपछि तनाव भएको हो । बिहान आठ बजे सुरु भएको मतदान साढे बाह्र बजेतिर झगडा भएलगत्तै स्थगित भएको थियो । झडपलाई नियन्त्रण गर्न दुइपल्ट हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।