एनआईसी एसियाको निःशुल्क आस्बा सेवा

वैसाख ३०, काठमाडौं– एनआईसी एसिया बैंकले दिँदै आएको आस्बा सेवा अब निःशुल्क गर्ने भएको छ । बैंकले गत माघदेखि आस्बा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाबाट आस्बा सेवामार्फत सेयर आवेदन लिने गरेको थियो ।

अब सो बैंकको देशभरका १ सय ७ वटै शाखाबाट ग्राहकले विनाकुनै शुल्क आस्बा सेवामार्फत सहज रूपमा आईपीओ, एफपीओ तथा म्युचुअल फन्डस्मा आवेदन दिन सक्ने र बैंकले सञ्चालनमा ल्याएको आर्कषक ब्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरी सेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार ब्याज प्राप्त गर्न सकिने बैंकले बताएको छ ।