संशोधन प्रस्तावमाथि मतदान गराउन एमालेको चुनौती

वैशाख २१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संबिधान संशोधन प्रस्ताव संसदको प्रक्रियामा लैजान चुनौती दिएको छ । माओबादी केन्द्रका शिर्ष नेताहरुसँग आज भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो चुनौती दिनुभएको हो । उहाले संशोधन प्रस्तावमा मतदान गर्नुपर्ने भए सामना गर्ने बताउनुभएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । एमालेले प्रधानन्यायधिश सुशिला कार्कीमाथि महअभियोग प्रस्ताव ल्याउनु गलत भएको भन्दै यसलाई फिर्ता लिन आग्रह पनि गरेको छ ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको छलफलमा दोस्रो चरणको निर्वाचन र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई समायोजन गर्ने बिषयमा छलफल भएको छ । जेठ ३१ को निर्वाचन बजेट अगाडि सार्ने वा बजेटको संवैधानिक व्यवस्थालाई निर्वाचन पछि सार्ने भन्ने बिषयमा छलफल भएको माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।