प्रम कोइरालाको स्वास्थ्य अवस्था सामान्य

७ असार, काठमाडौँ ।

उपचारका लागी अमेरिकामा रहेका  प्रधानमन्त्री शुशिल कोइरालाको स्वास्थ्य अवस्था समान्य देखिएको छ  ।

अमेरिकाको न्यूयोर्क स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा गरिएको परिक्षणमा उनको जिब्रोको अवस्था सामान्य रहेको प्रधमनमन्त्रिका प्रस सहयोगी प्रकाश अधिकारीले जनाए ।

जिब्रोको क्यान्सरका कारण अन्य भागमा पनि क्यान्सर फैेलिएको होकी भन्ने चिकित्सकको आशंकालाई यो रिपोर्टले ढुक्क बनाएको कोइरालाका निजी चिकित्सक डा कविरनाथ योगीले बताए ।

यस अघि  कोइरालाले छ वर्ष अघि पनि अमेरीकामानै जिब्रोको क्यान्सरको शल्यक्रिया गराएका थिए ।

त्यसयता नियमित परिक्षणका लागि अमेरिका गइरहने कोइराला यसपटक फोक्सोमा दाग देखिएपछि थप परिक्षणका लागि चिकित्सकको टोली सहित गएका थिए ।