असार ६, काठमाडौ–सरकारले इराकमा रहेका नेपालीहरु सवै सकुसल रहेको प्रष्ट पारेको छ । इराकमा बढ्दो हिंसामा पेरि केही नेपालीहरुपनि अपहरणमा परेको खबर सार्वजनिक भएपछि सवै सकुसल रहेको जनाएको हो । वैधानिक रुपमा इराकमा नेपालीहरु जान नपाएपनि गैरकानुनी रुपमा भारतको बाटो हुदै त्यहाा जाने गरेका छन् । अहिले सम्म इराकमा ६० हजार नेपाली रहेको अनुमान गरिन्छ । परराष्ट्रमन्त्रालयले इराकमा विकसित पछिल्लो घटनाक्रमलाई गम्मीरतापूर्वक लिएको बताउदै यदि अप्ठेरोमा परेको भए उद्दारकालागि कुनै कसर बााकी नराख्ने प्रबक्ता दीपक धितालले बताउनुभयो ।