असार ४, गौशाला –अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल जलेश्वरमा एकै रातमा ४२ जना बेहोस भएका बिरामी उपचारका लागि ल्याएका छन् । दिनदिनै बढ्दै गएको गर्मी गएराति असहनीय रुप लिएपछि जिल्लाका विभिन्न गाउँबाट जिल्ला अस्पताल जलेश्वरमा महिला तथा पुरुष गरी ४२ जना उपचारका लागि ल्याएको सो अस्पतालले जनाएको छ ।
गर्मीका कारण आ–आफ्नै घरमा अचेत हुन पुगेका महिला तथा पुरुषहरलाई परिवारजनले उपचारका लागि ल्याएका सबैलाई अस्पतालमा स्लाइन पानी चलाइरहेको उपचारका लागि पुगेका गोरखापत्रका जिल्ला समाचारदाता नागेन्द्रकुमार कर्णले बताए ।
उपचारका लागि अस्पताल पुगेकामध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् भने बालबालिका र वयस्कहर पनि गर्मीबाट प्रभावित भएर अस्पताल पुग्ने गरेको अस्पताल स्रोतले बताएको छ ।
असहनीय गर्मीका कारण जिल्लावासीमा पेट दुख्ने, टाउको दुख्ने, रिङगटा लाग्ने, छाला चिलाउने, बान्ता हुने र अचेत हुनेजस्ता लक्षण देखापर्ने गरेको अस्पतालका चिकित्सकहर बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले जिल्लामा कृत्रिम रपमा विद्युत् अभाव सृजना गरेर गर्मीलाई झन् बढावा दिएपछि दिनभरि र रातिको बेला पनि कहिले रातभरि त कहिले पटकपटक विद्युत् सेवा बन्द गर्नाले जिल्लावासी बिरामी हुने क्रम बढेको छ ।
विद्युत् प्राधिकरण शाखा जलेश्वरले अलिकति हावाहुरी चल्दा पनि प्राय: १२ घण्टासम्मको लागि विद्युत् अवरुद्ध गर्ने गरेको छ भने रातिको बेला विद्युत् खराब भएमा कुनै पनि सर्तमा बनाउँदैन र भारतमा गडबडी भएको बताउँदै पन्छिने गरेको स्थानीयवासीको गुनासो छ ।