परराष्ट्रमा २४ करोड अनियमितता : कुन शीर्षकमा हुन्छ बढी अनियमितता ?

वैशाख ३,काठमाडौं – परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रूपैयाँ अनियमितता हुने गरेको छ। पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो। यो खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन्।

महालेखा परिक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२/०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ। महालेखा परिक्षक कार्यालयको ५४औं वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालय र मातहतका ३९ कार्यालयको उक्त आवको लेखा परिक्षण गर्दा ४१ करोड ४६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखाइएको छ। बेरूजुमध्ये करिब २४ करोड अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।