बैशाख २, काठमाडौँ । नेपाली कांग्रेसका शिर्ष नेतृत्वमाथि निर्वाचन सार्न दबाब परेको छ । प्रदेश नम्बर दुइका जिल्ला सभापतिहरुले पार्टीका शिर्ष नेताहरुलाई मिति सारेर भएपनि एकै चरणमा निर्वाचन गर्न दबाब दिएका हुन् । पार्टी केन्द्रिय कार्यलय सानेपामा आज भएको छलफलमा जिल्ला सभापतिहरुले निर्वाचन १० दिन पर सारेर भएपनि सबै पक्षलाई समेट्पर्ने सुझाव दिएको नेता रमेश रिजालले जानकारी दिनुभयो ।
यसका लागि अरु दलहरुसँग पनि छलफल गर्ने बिषयमा कुराकानी भएको उहाको भनाई छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मागलाई पनि सम्बोधन गर्नेगरी निर्वाचनको वातावरण बनाउन पार्टीका नेताहरु सहमत भएको रिजालले बताउनुभयो । रिलालले मधेसको मुद्धा सवैको मुद्धा भएकाले उनीहरुको मागलाई समेटेर एकै चरणमा चुनाव गर्ने पक्षमा केन्द्रिय सदस्यहरु रहेको बताउनुभयो ।