असार ४, खोटाङ – गाविस सचिव गाउ नगएपछि खोटाङका विभिन्न गाविसका सेवाग्राही मारमा परेका छन् । विभिन्न कारण देखाउदै सदरमुकाम वस्ने सचिवहरुलाई पटकपटक गाउ जान दिइएको निर्देशन पालना नगरे पछि सेवाग्राही मर्कामा परेका हुन् । सचिवहरु गउमा नजादा जन्मदर्ता, नागरिकता, मृत्युदर्ता, विवाह दर्ता, बसाइासराइ लगायतका सिफारिस लिने काममा बाधा पुगेको सेवाग्राहीले दुखेसो पोखेका छन । गाउँमा सचिव नबसेपछि तीन दिन लगाएर सचिव खोज्दै सदरमुकाम धाउनुपर्ने अवस्था रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।