असार १, काठमाडौ–संविधानसभाको बैठकमा आज तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमति र असहमतिका विषयको छलफल समाप्त हुने भएको छ । विहान ११ बजेपछि बस्ने संविधानसभाको आजको बैठकमा बााकी रहेका सभासदहरुले आ आफ्नो धारणा राखेपछि निक्र्यौल समितिका सभापति विष्णु पौडेलले जवाफ दिएर शासकीय स्वरुपमा रहेका सहमति र असहमतिमाथिको छलफल सुरु हुने छ । व्यवस्थापिका संसद् बैठक बस्दै व्यवस्थापिका संसद्को बैठकमा आज पनि पूर्व बजेट छलफल हुनेछ । दिउसो ३ बजे बोलाइएको बैठकमा पूर्वबजेट छलफलमा बााकी रहेका सभासदहरुले आ आफ्नो धारणा राख्नेछन् । शुक्रबारबाट सुरु भएको छलफलमा बााकी रहेका सांसदहरुले आ आफ्नो धारणा राख्ने संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री रामशरण महतले पूर्वबजेट छलफलको प्रस्ताव यसअघिको बैठकमै गर्नुभएको थियो । यसअघि बोल्ने सभासदहरुले कृषि, उर्जा र पुर्वाधारमा जोड दिन आग्रह गरेका थिए ।