विश्वकप फुटबलको अभ्यासमा पोर्चुगल, अर्जेन्टिना र जापान बिजयी

जेठ २५, काठमाडौ– विश्वकप फुटबलको अभ्यास खेलमा पोर्चुगल बिजयी भएको छ । गएराति भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो । बुर्नो अल्भेसको अन्तिम मिनेटको गोलको मदतमा पोर्चुगलले १–० को जित निकालेको हो । पोर्चुगलका क्रिष्टियानो रोनाल्डो भने चोटका कारण मैदान बाहिर भएका थिए । समूह डीमा रहेको पोर्चुगलले जुन १६ मा जर्मनीसाग खेल्नेछ । समूह डीमा पोर्चुगल र जर्मनीसाग घाना र अमेरिका छन् । यसैगरी गएराति भएका खेलमा अर्जेन्टिनाले सोल्भानियालाई २–०, स्पेनले स्लभाडोरलाई २–० र जापानले जाम्बियालाई ४–३ गोल अन्तरले पराजित गरेका थिए ।