जेठ २५, काठमाडौ– पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीले इजिप्टको राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । गत मे महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा सिसीले चुनाव जितेका थिए । गत बर्षको जुलाई महिनामा त्यहााका जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरि सेनाले अन्तरिम सरकार गठन गरेको थियो । अन्तरिमकालमै सेनाले राष्ट्रपतीय निर्वाचन सम्पन्न गराई सेना प्रमुख नै राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । नयाा राष्ट्रपति अल सिसीले संबैधानिक अदालतका मुख्य न्यायाधिशबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेको बताईएको छ । उनको सपथ ग्रहण समारोहका लागि राजधानी कायरो आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।एजेन्सी