जेठ २१, काठमाडौ–संविधानसभा भवन नया बानेश्वरको ३ नं गेट नजिकै कुकर बम भेटिएको छ । दलित मुक्ति फोर्सको पर्चा भेटिएपनि बम कसले राखेको हो भन्ने पुष्टि भएको छैन । नेपाली सेनाको डिस्पोज टोलीले बम डिस्पोज गरेको थियो । विहानै राखेको बम दुईपटक गरी डिस्पोज गरिएको थियो । पहिलोपटक गरेको डिस्पोजमा पुर्ण सफल नभएपछि दोस्रोपटक पुन: गर्नुपरेको थियो । कुकर बम भएपनि शक्तिशाली र विस्फोटक नभएको एसएसपी नारायण सिह खड्काले जानकारी दिनुभयो । डिस्पोज गराईएका सामाग्री नेपाली सेनाले अनुसन्धानका लागि लगेको छ । अनुसन्धानपछि थप जानकारी आउने प्रहरीले जनाएको छ । वमका काराण केहीबेर अवरुद्ध भएको यातायात अहिले सुचारु भएको छ ।