कैलालीमा २९ वटा सहकारी संस्था खारेज

जेठ १७, कैलाली–कैलालीमा अहिलेसम्म दर्ता भएका ५ सय ८ वटा सहकारी संस्थामध्ये २९ वटा सहकारी संस्था खारेज भएका छन् ।
सहकारी ऐनअनुसार सहकारी संस्थाले काम नगरेकाले २९ सहकारी संस्था खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले बताएको छ ।
दर्ता खारेज भएका अधिकांश सहकारी संस्था ग्रामीण भेगमा दर्ता भएका छन् । खारेज गरिएका सहकारी संस्थामा ऋण तथा बचत रहेका कार्यालयका प्राचार्य खेमराज विष्टले जानकारी दिनुभयो ।
उहााका अनुसार कतिपय सहकारी संस्थाले नविकरण गर्ने गरेको पाइएकाले त्यस्ता सहकारी संस्थालाई बचत तथा ऋण लगानी गर्न निर्देशन दिइएको छ ।