जेठ १७, काठमाडौ– तिन दिन देखि राजधानीमा जारी विशेष संवैधानिक सम्मेलन आज सकिने भएको छ । नेपाल बार एसोसिएसनको आयोजनामा भएको सम्मेलनमा संविधानसभा अन्तर्गतका विभिन्न विवादित विषयहरुमा साझा धारणा बनाउन शीर्षकमा छलफल जारी छ । आज फेरि पौने ११ बजेदेखि तिनै विषयमा छलफल गरेर निश्कर्ष निकाल्ने र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने बारका अध्यक्ष हरिकृष्ण कार्कीले जानकारी दिनुभयो । सम्मेलनमा न्यायपालिका, मौलिकअधिकार, निर्वाचन प्रणाली, राज्यको पुन:संरचना, शासकीय स्वरुप सहितका पााच विषयमा २९ वटा कार्यपत्रमा कानुन व्यवसायीहरुले छलफल गरेका छन् । कार्यपत्रमा छलफलका क्रममा कानुन व्यवसायीहरुले नेपालको न्याय क्षेत्रमा सुधार र सुशासन प्रबद्र्धन गर्न आवश्यक भएकोमा जोड दिएका छन् ।