जेठ १४, एजेन्सी – अमेरिकी सेना यसै बर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताइरहदा अमेरिकाले आफ्नो प्रतिबद्धता मुताविक सेना फिर्ता नलिने भएको छ । अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने मिति २ बर्ष बढाउने तयारी गरिरहेको छ । तर अफगानिस्तानमा परिचालित ३२ हजार सेना मध्य धेरैजसो यसै बर्ष फिर्ता गर्ने राष्ट्रपति बाराक ओबामाको तयारी छ । सन् २०१६ सम्ममा ९ हजार ८ सय सेना अफगानिस्तानमै राख्ने अमेरिकी तयारी रहेको छ । यस बर्ष फिर्ता नहुने अमेरिकी सेनाले अफगानिस्तानी सेनालाई प्रशिक्षण दिने तर सैन्य अभियानमा सहभागि नहुने अधिकारीहरुले जनाएका छन् ।