जेठ १४,एजेन्सी – दक्षिण कोरियाको जानसियोंगस्थित एक अस्पतालमा भएको आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी यानहापका अनुसार आगलागीमा २० जना बिरामी र एक नर्सको मृत्यु भएको हो । आगोले जलेर ६ जना गम्भीर घाईते भएका छन् । अधिकारीहरुका अनुसार धेरैजसोको धुवााले निस्सासिएर मृत्यु भएको हो । मृत्यु हुनेमध्य धरैजसोको उमेर ७० देखि ८० बर्षको रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी दक्षिण कोरियामा गत महिना एक डुंगा दुर्घटनामा ३ सय जनाको मृत्यु भएको थियो । संगसंगै भएको अर्को घटनाले त्यहाा थप बिचलन ल्याउने अधिकारीहरुको अनुमान छ । डुंगा दुर्घटना पछि त्यहाका राष्ट्रपति पार्क जियुनले अब यस्ता घटना दोहोरिन नदिने बाचा गरेका थिए ।