साउन २७, काठमाडौँ – पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन सरकारले २ उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
निधि र महरालाई कहिले पठाउने भन्नेबारे भने उल्लेख गरिएको छैन । बैठकपछि उपप्रधानमन्त्री एवम् सरकारका प्रवक्ता महराले छिट्टै भारत र चीन जाने बताए ।
यसैगरी सरकारले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ । कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।