मधु शाही
काठमाडौ, श्रावण २२
हरियो रंगमा उनले आफ्नै अनुहार पोतिन् । यतिमात्रै होइन लामो कपाललाई तन्काइ हाँगा, फुल र पातसहितको सुन्दर रुखको आकार दिइन् । आफंैलाई रुखसँग तुलना गरेकी छु, भावना मानन्धरले राजधानीमा प्रदर्शनीमा राखेको आफ्नै चित्र औंल्याउँदै भनिन्, ुप्रकृति र म उस्तै हुँजस्तो लाग्छ ।ु समाजशास्त्र र फाइन आर्टमा स्नातकोत्तर गरिसकेकी भावनाको कला दृष्टिकोणमा पनि यी दुवै पक्ष भेटिन्छन् ।
उनीजस्तै गणेशकुमार जीसी, राजेश मानन्धर र निरज चित्रकारले ुरिफलेक्टिभ इन्सटेन्सु शीर्षकमा समाजलाई प्रतिबिम्वित गर्ने चित्र यतिबेला पुल्चोकस्थित पार्क ग्यालरीमा सजाएका छन् । समाज र कला एकअर्काका परिपूरक हुन् भन्ने मान्तया राखेकी भावनाले चित्रमा चाहिँ प्रकृति, समाज र मानवीय अन्तरसम्बन्धलाई खुलाउने प्रयास गरेकी छन् । मानवरूपी रुखबाट सुरुङको आकृति, हातमा पुतली रमाइरहेको दृश्यले दर्शकको मनलाई प्रकृति र मानवबीच आत्मीय भाव जगाउन मद्दत गर्छ । ुको एक्जिस्टेन्स (मी एन्ड नेचर०ु शीर्षकको उनको चित्रमा काल्पनितकताको बढी प्रभाव देखिन्छ । उनी कलालाई रियालिटीभन्दा पनि कल्पनामा उतार्न सक्नुलाई खुबी मान्छिन् । ुकल्पनालाई रंगमा उतार्न सक्नु नै कला हो,ु उनले भनिन् ।
नेपाली साहित्य र फाइन आर्टमा स्नातकोत्तर गणेशको कलामा चाहिँ केही अमूर्तता झल्किन्छ । ुउन्मुक्त आकाशको खोजीु शीर्षकको उनको चित्रले नारी स्वतन्त्रता प्रतिबिम्वित गरेको पाइन्छ । स्वतन्त्रताका लागि संघर्षरत नारी अस्तित्वलाई उनले धेरै खैरो र थोरै नीलो रंगको प्रयोग गरी देखाउन खोजेका छन् । एक्रेलिक रंगमा पोतिएको उनको चित्रले समाजलाई उन्मुक्ति दिलाउने प्रयास गरेको अथ्र्याउँछ । ुखैरो रंगले संघर्षको प्रतिबिम्व गरेको छ,ु उनले भने, ुअझै पनि समाजमा खैरो रंग बढी र स्वतन्त्रताको नीलो रंग निकै कम छ ।ु
राजेश मानन्धरको ुबेगरर्सु चित्रमा मुलुकको गरिबीलाई चित्रण गरिएको छ । मन्दिरै मन्दिरको परिवेश देखाएर महिलाहरूले रित्तो थाल थाप्दै गरेको दृश्य प्रतीकात्मक लाग्छ । तर, महिलालाई मात्रै गरिबीको भावमा उतार्न खोज्नुचाहिँ त्यति सान्दर्भिक लाग्दैन । मन्दिरको आकृति कोरिएको उनको चित्रमा चाहिँ हाम्रो जस्तो मुलुकमा उद्योगधन्दाको कमीले गरिबी मौलाउँदै गएको संवेदनशीता महसुस हुन्छ । हिन्दु धर्म, संस्कृति र परिवेश झल्काउने रातो र पहेँलो रंगको संयोजनले चित्रलाई आकर्षक बनाएको छ ।
निरजले कोरेको ुकरुणा मायाको जात्राु शीर्षकको चित्रमा चाहिँ सांस्कृतिक फ्युजन झल्किन्छ । नेपाली कागज कोलाज गरेर उनले नेवारी कला, संस्कृति र परम्परात्मक दृश्यलाई क्यानभासमा समेटेका छन् । इन्द्रजात्रा, मच्छेन्द्रनाथ, कुमारी पूजा, पञ्चेबाजा बजाउँदै गरेका रचनात्मक चित्रले पुराना संस्कृतिलाई सम्झना योग्य बनाएको अनुभूति दिलाउँछ । फाइन आर्टमा स्नातकोत्तर गरेका उनले दिनैपच्छिे ओझेल पर्दै गएको परम्परालाई क्यानभासमा उतारेर जीवन्त बनाउन चाहेको बताए । ुसंस्कृति युवाहरूले नै जोगाउनुपर्छ,ु उनले भने, ुमैले चित्रमा परम्परालाई जीवित राख्न चाहेँ ।ु उनको कला दृष्टिकोण पनि सांस्कृतिक फ्युजन नै हो । उनी अहिलेको अवस्थामा कलाले मनोरञ्जन दिने मात्रै नभएर समाजलाई सकारात्मक बाटोतर्फ डोर्याउनुपर्ने मत राख्छन् । साउन २५ सम्म रहने प्रदर्शनीमा समाजको चित्रण झल्कने डेड दर्जनभन्दा बढी चित्र राखिएका छन् ।
कान्तिपुर दैनिक साभार