नौ महिनापछि केपी ओली आफ्नै घर फर्कदै

साउन १९, काठमाडौँ  –  नौ महिना लामो देशको कार्यकारी प्रमुखको कार्यभारपछि नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नै निवास फर्कदै छन । २०७२ अशोज २४ गते मुलुकको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आउनु भएका ओलीले आज वालुवाटार छाड्न लाग्नु भएको हो । संसदमा निर्वाचन प्रकृया सकिएपछि प्रधानमन्त्री ओली संसद भवनबाट सिधै वालकोटस्थित आफ्नो निवास जानुहुने उनको निजी सचिवालयले जनाएको छ । मुलुकको ३९ औँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुने भएपछि ओली आजै वालकोट सर्न लाग्नु भएको हो ।

यसैबीच ओलीलाई उनका समर्थकले बानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेका छन् । स्वतन्त्र युवा अभियानललगायतका समर्थकले ‘वेलकम ब्याक’ भन्दै नयाँ बानेश्वरबाट ओली निवास बालकोटसम्म प्रदर्शन गर्न लागेका हुन् । ओलीलाई बालकोटसम्म स्कर्टिङ गरेर लैजाने र त्यसका लागि स्वाभिमानी र देशभक्त युवालाई राष्ट्रिय झन्डासहित १ बजे बाँनेश्वर चोकमा उपस्थित हुन स्वतन्त्र युवा अभियानले आग्रह गरेको छ । प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रियता र विकासको पक्षमा काम गरेकाले उहाँलाई सम्मान गर्न लागिएको अभियानले जनाएको छ ।