जेठ ११, काठमाडौ– थाइल्यान्डको सैनिकले त्यहााको संसदको माथिल्लो सदन सिनेटपनि भङ्ग गरेको घोषणा गरेको छ । शनिबार सो घोषणासागै देशमा कानुन निर्माणको अधिकार पनि आफैले लिएको जानकारी सेनाले गराएको छ । सैनिक प्रवक्ताद्वारा दिइएको विज्ञप्तिमा भनिएको छ– सेनाले माथिल्लो सदन पनि भङ्ग गरेको छ र कानुन निर्माणको अधिकार पनि आफैले लिएको छ । प्रजातान्त्रिक एवम् संसदीय व्यवस्था भएको मुलुकमा संसदको माथिल्लो सदनलाई एक स्थायी सदनका रुपमा लिइन्छ । यसैबीच सैनिक सरकारले पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई थप एक हप्तामात्र थुनामा राख्ने जानकारी दिएको छ ।