साझा प्रकाशनकी अध्यक्ष ममता झाले राजिनामा दिइन

जेठ १०, काठमाडौ–साझा प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झाले राजिनामा दिएकी छन् । शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएकी हुन ।
उनले आफूले साझालाई बलियो बनाएपछि अरुले त्यसमा आखाँ गाढेको आरोप लगाएकी छन् ।
झाले आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा दिएकी हुन् ।
साझा प्रकाशनमा रहँदा सबै काम कानुन अनुसार गरेपनि पदीय दुरुपयोग गरेको आरोप लागेपछि राजिनामा दिएको झाको भनाई छ ।
आफूलाई पटक–पटक विभिन्न लान्छना लगाई उजुरी हाल्ने काम भएको भन्दै झाले चार पटक अख्तियारले सफाईसमेत दिएको उनले बताईन् ।