जेठ ८, काठमाडौ– आन्तरिक बिबादमा अल्झीएको एमाओबादीको नया केन्द्रिय कार्यसमितिको पूर्ण बैठक आज बस्दैछ । बिराटनगर सम्मेलनको वन्दसत्रवाट बाहिरिएका बाबुराम भढ्राई र अध्यक्ष प्रचण्ड बिच हिजो सहमति भएपछि आज नेता भटठ्राई सहितको बैठक बस्न लागेको प्रबत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । यसवीच संस्थापन पक्षले भट्राई पदमा बस्न पनि इच्छुक देखिएको बताइरहेका बेला भट्राइले भने असहमतिका बाबजुद आफू केन्द्रिय समीतिमा फर्के पनि महाधिवेशनसम्म कुनै कार्यकारी पदमा नबस्ने अडान दोहोर्याउनु भएको छ ।