टोकियो, ३१ जेठ- जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दाे मृत्यु भएको छ ।उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभित्र छुट्टाछुट्टै भएका भालुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
एक महिलासहित चार जनाको मृत शरीरमा भालुले टोकेका डामहरु भेटिएको पाइएको कोजुनो प्रहरी कार्यालयका प्रवक्ता नोबुरु ओबुकावाले बताउनुभयो ।
करिब २.५ किलोमिटरको हिमाली भूभागमा भएको उक्त घटनामा मारिनेमा प्रायः ६५–७० उमेर समूहका वृद्धवृद्धा रहेका छन् ।
प्रहरीले उक्त क्षेत्रमा सावधानीका साथ हिँड्न गाउँलेलाई सचेत गरेको छ ।
जापानको वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१४ को अप्रिलदेखि सन् २०१६ को मार्च सम्ममा १६८ भालु आक्रमण भएका र त्यसबाट १७६ मानिसको मृत्यु तथा घाइते भएका जनाइएको छ ।