न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा मुद्धा

जेठ १९,काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरिएका विरुद्ध सर्वोच्च अदालतमै मुद्दा दायर भएको छ ।

अधिवक्ता पूर्णचन्द्र पौडेलले न्याय परिषदको गत चैत २ गतेको निर्णयअनुसार चार कानुन व्यवसायी र सात पुनरावेदन तहका न्यायाधीशलाई संसदीय सुनुवाइका लागि पठाउनु भन्ने पत्र र निर्णय खारेज हुनुपर्ने भन्दै रिट दायर गरेका हुन् ।

अघिल्लो साता नै उनले दायर गरेको रिट क्षेत्राधिकारभन्दा बाहिरको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसविरुद्ध इजलासमा पेस भएको उनको निवेदन कार्यवाहक कामु प्रधानन्यायाधीश वैद्यनाथ उपाध्यायले मंगलबार दरपीठ बदर हुने आदेश गरेका हुन् ।