जेठ ३, काठमाडौं– संविधान पुनर्लेखनको माग गर्दै सिंहदरबार घेराउमा उत्रिएको २९ दलीय संघीय गठबन्धनले आज दोस्रो दिन पनि धर्ना दिने भएको छ ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनका अनुसार बिहान नौँ बजेदेखि सुरु हुने धर्ना अपरान्ह पाँच बजेसम्म चल्ने छ।
‘सिंहदरबार धर्नाको कार्यक्रम यथावत बताउँदै उहाँले भन्नुभयो बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने धर्नाको कार्यक्रम शान्तिपूर्ण रहेकाले कुुनै आशंका गर्न आग्रह गर्नुभयो ।
गठबन्धनले आज पनि हनुमानस्थान र माइतीघर मण्डलामा धर्ना यथावत रहने बताइएको छ ।
हनुमानस्थानमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरूले धर्ना दिनेछन् भने माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले धर्ना दिदैछन् ।
‘सिंहदरबार घेराउपछि साँझ बस्ने गठबन्धनको बैठकले थप रणनीति बनाउने आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले जानकारी दिए।