चैत २८, काठमाडौं– नयाँ प्रधानन्यायाधीशको नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।
अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने स्रोतको भनाइ छ ।
परिषदको बैठकले वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चैतको ३० गतेदेखि उमेर हदका कारण अनिर्वाय अवकास पाउने भएपछि संवैधानिक परिषदले नयाँ न्यायाधीशको नियुक्त थालेको हो ।