चैत २३, काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आजदेखि निर्वाचन कार्यक्रम सुरू भएको छ ।
संसदीय दलको नेताका लागि उम्मेदवारी दिन आजको समय तोकिएको छ । बिहान ९ बजेदेखि १२ बजेसम्म दलको नेताका लागि उम्मेदवारी दिन सकिने निर्वाचन समितिले जनाएको छ ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरूले १२ बजेभित्र संसदीय दलको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउने बताएका छन् ।
संसदीय दलको नेताको मतदान चैत २४ गते हुनेछ । सो दिन आफ्नो परिचयपत्रसहित मतदानमा सहभागी हुन समितिले जनाएको छ ।