माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

चैत १९, तम्घास– माटोको ढिस्कोले पुरिएर गुल्मी हस्तिचौर–३ निवासी १६ वर्षीय नामबहादुर कुमालको मृत्यु भएको छ ।

बिहीबार अम्मरपुर गाविसस्थित बुल्ममा घर पोत्नका लागि माटो खन्ने क्रममा अचानक ढिस्कोले पुरिँदा उनको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।