मिस लिटिल आइडल विजेतालाई छात्रवृत्ति

चैत १६, काठमाडौं–बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने र विजेतालाई उनीहरु पढिरहेको विद्यालयमा छात्रवृत्तिको अवसरसहित ‘मिस लिटिल आइडल’ प्रतियोगिता हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय सङगठन(प्याब्सन) काठमाडौँको सहकार्यमा एक्सन इन्टरनेशन प्रालिले यही चैत १ गते आयोजना गर्न लागेको उक्त प्रतियोगितामा विजेतालाई एक वर्ष छात्रवृत्ति प्रदान गरिने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीहरुमा रहेको प्रतिभालाई उक्त प्रतियोगितामार्फत् उजागर गर्नका लागि प्याब्सनले सहकार्य गर्न लागेको बताए । बालबालिकामा निहित प्रतिभा प्रष्फुटन गराउने, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भूमिका निर्वाह, गुणस्तरीय अध्ययन एवम् सिर्जनात्मक कार्यमा लाग्न उक्त प्रतियोगिताले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रतियोगितामा शीर्ष उपाधी विजेता, फस्ट रनरअप, सेकेन्ड रनरअप र सेकेन्ड रनरअपलाई नगर पुरस्कार, ताजसहित सम्बन्धी विद्यालयमा पूर्ण छात्रवृत्ति र टप टेनमा परेकालाई सम्बन्धित विद्यालयमा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था हुने बताइएको छ ।
सन् २००९ देखि एक्सन इन्टरनेशनलले आयोजना गर्दै आएको उक्त प्रतियोगितामा यस वर्ष प्याब्सनले सहकार्य गरेको हो । प्रतियोगितामा ९ देखि १३ वर्षसम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।