तीन महिला खेलाडि सम्मानित

फागुन २४, काठमाडौं– एक सय छ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा माइती नेपालले तीन महिला खेलाडिलाई सम्मान गरेको छ ।
माइती नेपालले एक कार्यक्रमको आयोजना गरी खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने खेलाडि संगीना वैद्य, तुलसा सिंह र देवु थापा(महर्जन) लाई सम्मान गरेको हो ।
प्रशिक्षकका रुपमा १२ औँ दक्षिण एसियाली खेलमा नेपाललाई रजत र काश्य पदक दिलाउन सफल वैद्य र थापालाई र महिला फुटबलतर्फ नेपाललाई रजत पदक दिलाउन सफल व्यवस्थापकको भूमिका खेलेकोमा सिंहलाई सम्मान गरिएको थियो ।
नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले खेलाडिलाई राष्ट्रले केही दिन नसकेको अवस्थामा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्नु उनीहरुको आत्मबलको कारण हो भने ।
उनले राजनीतिक परिवर्तन मात्र भएर केही नहुने त्यसका लागि आर्थिक विकास हुनुपर्नेमा जोड दिँदै आर्थिक विकासका लागि राष्ट्रिय सहमति गर्न दलहरुलाई आग्रह समेत गरे ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले महिला सशक्तिकरण आफ्नै घरबाट सुरु गर्नुपर्ने बताउँदै त्यसका लागि छोरीलाई आजैदेखि शिक्षा दिने तर्फ सबै अभिभावकको ध्यान जानुपर्नेमा जोड दिए ।