फागुन ९, काठमाडौं– रक्सौल नाका खुलेको तीन सातापछि पनि भारतले सहज रुपमा पेट्रोलियम पदार्थ दिएको छैन । तेल नपाउँदा उपभोक्ताले दुःख पाइरहेका छन् ।
मधेसी दलहरुको आन्दोलन फिर्तासँगै माघको चौंथो साता रक्सौल नाका खुलेपछि आपूर्ति सहज हुने अनुमान गरिएको थियो ।
भारत सरकारको पूर्ण स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमले मागेअनुसार तेल नदिँदा अभाव नघटेको हो ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण निश्चित भएपछि आयात बढ्ने आसामा रहेका निगमका उच्च अधिकारी तेल नआउँदा अचम्ममा छन् ।
रक्सौलमा दैनिक २८ लाख लिटर डिजल, पेट्रोल लिन गाडी पठाए पनि कागजी प्रक्रिया देखाएर आइओसीले अलमल गरिरहेको छ।(नागरिक दैनिकबाट)