वैशाख २५, काठमाडौ–नेप्से ८ सय ६६ बिन्दुमा पछिल्ला दिनमा शेयर बजार लगातार बढ्दा नेप्से ८ सय ६६ बिन्दुभन्दा माथी पुगेको छ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ७५ अंकले बढेर ८ सय ६६ दशमलव २५ बिन्दुमा पुगेको हो । बजार खुल्नासाथ उकालो लागेर १० अंकको सुधार देखिएपनि बजार बन्द हुनु भन्दा केहीबेर नेप्से ओरालो लागेको थियो । जलबिद्युत, विकास बैक र फाइनान्स समूह बाहेक अन्य समूहका शेयर उकालो लाग्दा समग्र नेप्से उकालो लागेको हो । लगातार बढिरहेको बिमा समूहको शेयर आपपनि १ सय ६२ अंकले बढेको छ । बुधवार १ सय १९ कम्पनीका ३ हजार ४ सय ११ कारोवारबाट ५९ करोड ८७ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् ।