माघ ८, काठमाडौं–नेपाल र बंगलादेशबीचको द्वदेशीय व्यापार विस्तार गर्ने लक्ष्यले भृकुटीमण्डपमा बंगलादेश एक्स्पो २०१६ सुरु भएको छ ।
श्रम तथा रोजगार मन्त्री दिपक बोहराले एक्स्पोको उद्घाटन गरे ।
सिन्थेसिस एक्जििवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा सुरु भएको एक्स्पोमा बंगलादेशका व्यवशायीको बाक्लो उपस्थिती छ । उनीहरुले आफ्ना उत्पादनको प्रदर्शन तथा बिक्रीबितरणका साथै उत्पादनका सम्बन्धमा अवलोकनकर्तालाई जानकारी गराउने छन् ।
विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्यउत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्रीएक्सपोको आकर्षणका रुपमा रहेका छन् । त्यसै गरि हस्तकलाकाउत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ ।