माघ ७,काठमाडौं–सरकारले मजदुरको ज्याला र तलबसम्बन्धी गत साता गरेको निर्णयको अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघले चर्को विरोध गरेको छ ।
महासंघले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गरेको हो । महासंघले मजदुरको मासिक तलब न्युनतम १८ हजार रुपैयाँ र दैनिक ज्याला ८०० रुपैयाँ तोक्न माग गरेको छ ।
सरकारले गरेको पारिश्रमिक वृद्धि निर्णयले मजदुरको समस्या समाधान नगर्ने भन्दै समस्याबारे अवगत गराउन खोज्दा प्रधानमन्त्री केपी ओलीले बेवास्ता गरेको भन्दै महासंघले आपत्ति पनि जनाएको छ ।
महासंघले मजदुरको तत्कालिक समस्या हल गर्न २८ सुत्रीय माग पनि अगाडि सारेको छ । यी जायज मागहरु तत्काल सम्बोधन गर्नुपर्ने अध्यक्ष योगेन्द्र कुमालले जोड दिएका छन् । ‘मागलाई सरकारले वेवास्ता गरेमा हामी जस्तो सुकै सघर्ष गर्न बाध्य हुने र यसपछि उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुनुपर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।