नयाँ वर्षले नेपालीको एकतालाई बलियो बनाउन सकोस् ःप्रधानमन्त्री

पुस १७ काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्षले नेपालीवीचको एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष २०१६ को अबसरमा शुभकामना सन्देश दिँदै अंग्रेजी नयाँ वर्षले नेपालीबीचको हार्दिकता र एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षले संविधानले व्यवस्था गरेका अधिकारको व्यवहारमा कार्यान्वयन गर्न प्रेरणा प्राप्त हुन सकोस् भन्ने उल्लेख छ।

ओलीले मुलुकमा अहिले देखिएका जटिलता र समस्या समाधान गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबैमा आह्वान समेत गरेका छन् ।