हृदयघातबाट तमलोपाका नेताको मृत्यु

महोत्तरी, ९ पुस ।
हृदयघातका कारण तराई मधेस लोकतान्त्रिक पार्टीका जलेश्वर नगर अध्यक्ष नवोनाथ कुँवरको गएराति मृत्यु भएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संस्थापक सदस्य एवम् जलेश्वर नगर पार्टी कमिटीका अध्यक्ष कुँवरको भारतको मुज्जफरपुर सहरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाबु बालेश्वर कुँवर र आमा गुलाबदेवीको कोखबाट २०१२ सालमा जलेश्वर नगरपालिका–११ खैरामा जन्मिएका नेता कुँवरको ६० वर्षको उमेरमा मृत्यु भएको हो ।

पार्टीको स्थापनाकाल २०६४ सालदेखि नै पार्टीको नगर अध्यक्षको भूमिकामा रहेका नेता कुँवरलाई बुधबार बेलुका ५ बजे आफ्नै घरमा हृदयाघात भएको तथा परिवारजनले उपचारका लागि भारतको मुज्जफरपुर लगिएकोमा मृत्यु भएको छोरी लक्ष्मी तिवारीले बताइन ्। सन्तानका रुपमा नेता कुँवरका चारजना छोरी मात्र छन् ।