सप्तरीको स्थिती नियन्त्रणमा लिन नसकेको भन्दै सिडिओ ठाकुरलाई फिर्ता बोलाइयो

मंसिर ७, काठमाडौँ – सप्तरीको स्थिती नियन्त्रणमा लिन नसकेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई फिर्ता बोलाएको छ । सप्तरीमा जारी हिंसा र यो घटनामा राम्रो समन्वय गर्न नसकेको भन्दै ठाकुरलाई मन्त्रालयमा फिर्ता बोलाएको हो ।

शनिबार राती प्रहरीले स्र्कटीगं गरेका गाडीमा प्रर्दशनकारीले अवरोध पुर्याउन खोज्दा भएको झडपमा २ जना र अन्य समयमा पनि थप २ जनाको मृत्यु भएपछि सप्तरिका विभिन्न क्षेत्रको परिस्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको छ ।

यसैबिच बन्दकर्ताले सप्तरिका विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रर्दशन जारी राखेका छन् ।