काठमाडौं– विजय डंगोलले लन्डनमा बस्छन् । मोडलिंगको क्षेत्रमा केहि गर्ने उनको ठुलो सपना छ । यसलाई सफलताको बाटो तर्फ लम्काउने क्रममा छन् । स्कटल्यान्डमा भएको मोडल प्रतियोगीतामा मिस्टर इन्डीङवर्गको उपाधी हात पारेका छन् ।
फेशनको दुनियामा सक्रिय भई मोडलिंग क्षेत्रमा स्थापित हुन चाहने विजयले पाएको अवार्ड नेपालीकै गर्वको विषय हो । उनले निरन्तर मोडलिंगमा करिअर बनाउने योजना रहेको सुनाए ।
खेलकुद, संगीतमा रुचि राख्ने विजयले विदेशमा बसेर पनि स्वदेशको समाज सेवा गर्न चाहन्छन् । उनी अहिले नेपाल स्कटल्यान्ड एसोसिएसनका बोर्ड सदस्यका रुपमा सक्रिय छन ।