संविधान विधेयक मस्यौदामाथि आजदेखि संसोधन दर्ता गर्न सकिने

भदौ १४,काठमाडौँ – संविधानसभाले संविधानको परिमार्जित विधेयकमाथि आजदेखि संशोधन प्रस्ताव दर्ता गर्ने पंक्रिया सुरु भएको छ । संविधान सभा सचिवालयले आज बिहान कार्यालयसमयपछि संसोधन दर्ता खुला गर्ने जानकारी दिएको छ ।

संशोधन प्रस्ताव दर्ता गराउन चाहने सभासद्ले संविधानसभा कार्य सञ्चालन नियमावली २०७० को नियम ९९ बमोजिम तोकिएको ढाँचामा संशोधन प्रस्ताव तयार पार्नुपर्ने जानकारी सभासदलाई दिइसकेको र आज त्यस ढाँचा अनुसार आएका प्रस्ताव दर्ता गरिने सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार संसोधन व्यक्तिगत दलगत जुनसुकै हिसावले पनि दर्ता गर्न सकिनेछ । सभासदहरुबाट आएको संसोधन अनुसार संविधानसभामा दफावार छलफल हुनेछ । त्यसपछि आबश्यकता अनुसार विधेयकलाई परिमार्जन गरेर जारी गर्ने प्रक्रिया सुरु हुनेछ ।