यस्तै भइरहे राजतन्त्र आउन के बेर ? -खुमबहादुर खड्का

खुमबहादुर खड्का नेपाली काँग्रेसका नेता हुन् । पछिल्लो समय उनी नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ भनेर काँग्रेसमा दबाब दिँदै छन् भने अभियान सञ्चालन गरेर नागरिककहाँ पुगिरहेका पनि छन् । भन्छन्, ‘नेपाली काँग्रेसको भिजन नै छैन ।’ नेपाली काँग्रेसको १३ औँ महाधिवशेनमा खड्का महामन्त्रीको उम्मेदवारी दिने सोचमा छन् । जनताको भावना बुझ्न सकिएन भने परिस्थिति उल्टिन्छ भन्दै खड्का भन्छन्, ‘जनताले हटाएको राजतन्त्र जनताले नै फिर्ता गर्न पनि सक्छन्, शीर्षदेलका नेताहरुले यो कुरा बेलैमा बुझ्नु पर्छ ।’ उनीसँग गरिएको कुराकानीः

हिन्दु धर्मको माग गर्दैहुनुहन्छ ? यो तपाईंको राजनीति गर्ने अर्को तरीका हो कि के हो ?

मुख्यतः यो आस्था र विचार हो । तर म राजनीति गर्ने व्यक्ति भएकाले पनि राजनीति पनि जोडिन पुग्छ ।

नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भनेर माग गरिरहनु भएको छ, किन ?

धर्महरु सबै आफ्नो ठाउँमा ठीकै होलान् । तर हिन्दू धर्म एउटा त्यस्तो धर्म हो, जसले हरेकलाई मिलेर बस्न सिकाउँछ । हामीले मान्दैै आएको हाम्रो संस्कृति हो हिन्दू धर्म । जुन संस्कृतिले हाम्रो समाजलाई अगाडि बढाउँछ । संस्कृतिबिनाको समाज अगाडि बढ्न सक्दैन । हाम्रो समाज आगाडि बढाउन पनि हिन्दू राष्ट्र नै हुनुपर्छे ।

काँगे्रसको १३ औँ महाधिवेशन आउँदै छ । तपाईंको तयारी के छ ?

मेरो यस्तै नै तयारी भन्ने केही छैन । सोच्दै छु । महामन्त्रीमा उठ्ने कि भन्ने छ, हेरौँ के हुन्छ ।

संविधान निर्माणका लागि भएको प्रारम्भिक मस्यौदामा सुझावका विषयमा के भन्नु हुन्छ ?

मस्यौदाका विषयमा के बोल्नु ? त्यो पार्टीले गरेको निर्णय हो । तर सबैलाई थाहा भएको र प्रस्ट भएको कुरा हो कि चार पार्टीको मिक्स घोषणापत्र जस्तै हो भनेर ।

हिन्दू राष्ट्रको माग गर्दै अगाडि लाग्नु भएको छ नि ? यो त पार्टीविपरीत लागे जस्तो भएन र ?

पार्टीविपरीत त म लागेको होइन । अहिले हरेक जनताले यही चाहिरहेका छन् । मलाई हिन्दू राष्ट्र चाहने एमाले, काँगे्रस, माओवादी, राप्रपालगायत सबैको साथ छ । अनि अहिले जनता पनि यही चाहन्छन् । जनतासँग लिएको सुझाव संकलनबाट पनि त जनता के चाहन्छन् भन्ने प्रष्ट छ नि ।

मुख्य दलका नेता हिन्दू राष्ट्रका विषयमा केही बोलेका छैनन् । तपाईंको अभियान सफल हुन्छ त ?

मुख्य दलका अधिकांश नेता त आफूले कहाँ बोलेका छन् र ? उनीहरु त विदेशबाट बोलिरहेका छन् । अभियान सफल हुने नहुने कुरा भन्दा पनि जनताले के चाहन्छन् भन्ने हो । जनता हिन्दू राष्ट्र चाहन्छन् । यदि जनताको आवाज नै नसुन्ने भए किन जनतामाझ गएको त ? जब जनतामाझ गएपछि त जनताको कुरा सुन्नु प¥यो नि ।

हिन्दू राष्ट्रसँगै राजतन्त्र पनि फर्कनसक्ने कुरा सुनिएको छ नि ?

हेर्नुस्, यदि नेताहरुले समयमै बुद्धी पु¥याएनन् भने र जनताको कुरा सुनेनन् भने हिजो राजतन्त्र हटाउने पनि जनता हुन् । त्यसकारण जनताको कुरालाई बेवास्ता गरियो भने राजतन्त्र नर्फकेला भनेर भन्न सकिन्नँ ।

मधेसी दलहरुका नेताहरुले पनि तपाईंलाई मौन समर्थन गरेका छन् रे नि ?

संघीयताले गर्दा नै मधेस आन्दोल्न जन्माएको हो । मस्यौदामा पनि मधेसी दलकालाई ठगिएको छ । उनीहरुको कुरा पनि सुन्न जरुरी छ । छिट्टै चार पार्टीका नेताहरुको घैँटोमा घाम लागोस् । होइन भने देशमा के हुन्छ, भन्न सकिन्नँ ।

काँग्रेसको योजनामा चैँ के छ ?

काँग्रेसको भिजन नै छैन । १६ बुँदेमा भएकोमा काँग्रेसले के गर्ने, उसको भिजन नै छैन ।

प्रस्तुतीः वर्षा शाह – 

[button size=”normal” type=”info” value=”nepalese.org” href=”http://www.nepalese.org/”]