साउन २, काठमाडौँ – विश्वकप छनोट समुह चरण अन्तगर्त आयरल्याण्डको डब्लिनमा भएको नेपालको अन्तिम खेलमा डेब्यु गरेका सिद्धान्तले जर्सीविरुद्ध उत्कृष्ठ प्रदर्शन गर्दै नेपालको स्कोरलाई सय रन भन्दा माथि पुर्याएका छन् ।
यसअघिका पाँच खेलमा अवसर नपाएका उनले अन्तिम खेलको पहिलो मौकाका आफ्नो ब्याटिङ क्षमतालाई प्रष्ट पारेका छन् ।
आजको खेलमा उनले १६ बलमा २ छक्का र २ चौका प्रहार गरी सर्वाधिक २७ रन बनाए । यसअघि उमेर समुहमा नेपाली टोलीबाट खेलेपनि सिद्धान्त सिनियर टोलीमा पर्न सकेका थिएनन् ।
को हुन सिद्धान्त ?
मोरङको विराटनगर घर भएका सिद्धान्त बलिङ व्याटिङ फिल्डिङ तथा अन्य कुरामा पर्फेन्ट क्रिकेटर हुन् । अर्थात उनी क्रिकेट सबै पक्षमा जम्न सक्ने अलराउन्डर हुन् ।
उनको उमेर मात्र २० वर्ष पुगेको छ । तर उनले यसअघिका खेलमा निकै आक्रामक ब्याट्सम्यानको छवि बनाएका छन् । क्षेत्र नम्बर २ विराटनगरबाट घरेलु प्रतियोगिता खेल्ने सिद्धान्तले एक दिवसीय सिनियर क्रिकेटमा पोखराविरुद्ध १७ बलमा अर्धशतक बनाएर किर्तीमान कायम गरेका थिए ।
पोखराविरुद्धको खेलमा उनले २५ बलमा ६७ रन जोडदै उत्कृष्ठ व्याट्सम्यानको छवि कोरेका थिए । लेग स्पिन वलिङ गर्ने सिद्धान्तले यसअघि नेपाली टोलीबाट एसीसी यु-१९ एसिया कपमा सहभागिता जनाउने मौका पाएका थिए ।