लगातार चार दिन सरकारी बिदा पर्ने

साउन २, काठमाण्डौ – नयाँ संविधानको सुझाब संकलनका लागी सरकारले अगामि ४ र ५ गते सार्वजनीक विदाको घोषणा गरेसँगै लगातार चार दिन सरकारी बिदा पर्ने भएको छ । आजबाट आगामी हप्ता चार दिन सार्वजनिक विदा हुने भएको हो । भोली मुस्लीम समुदायको पर्व इदको अवसरमा विदा दिएको सरकारले सोमबार र मंगलबार पनि विदा दिएको हो ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले सोमबार र मंगलबार संविधानको मस्यौदा माथि जनताको सुझाव संकलन गर्न विदा दिने निर्णय गरेको हो ।
यसअघि संविधानसभा सचिवालयले जनताबाट सुझाव संकलनको लागि भन्दै विदा दिन प्रस्ताव गरेको थियो । सचिवालयको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । लगातार तीन विदा र शनिबारसँगै आगामी हप्तामा ४ दिन सार्वजनिक विदा हुने भएको हो ।