असार २७, काठमाडौँ – डेगुंको जोखिमयुक्त रुपन्देही जिल्लामा १२ जनामा संक्रमण भेटिएको छ । तर डेंगुका कारण यो बर्षमा कसैले ज्यान गुमाउनु भने परेको छैन ।
मभलनगभयो तथ्यांक १ बर्षको अबधिको हो । १२ जना मध्ये ७ जना बुटवल उपमहानगरपालिका भित्रका बासिन्दा हुन् ।भने अन्य रुपन्देहीका अन्य क्षेत्रका हुन् ।
साउनमा १ जनामा, असोज ,कात्तिक र मंसिरमा तीन(तीन गरी ९ जनामा र माघमा २ जनामा डेंगु संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।
डेगुंको जोखिम कम गर्नका लागि ‘सर्च एण्ड डिस्ट्रोए’ बिधि उपयुक्त हुने गरेको छ । बुटवलमा बिगतका बर्षमा पनि यो बिधि संचालन गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले डेंगुको जोखिम बढेको भन्दै लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान संचालनको तयारी गरेको हो ।